१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को स्वर्ण जितेको छ ।
२९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ आयशा शाक्यले स्वर्ण जितेकी हुन् । यससँगै सागमा नेपालको स्वर्ण ९ पुगेको छ ।
यसअघि भारतमा भएको १२ औं सागमा नेपालले पूरै प्रतियोगितामा जम्मा ३ स्वर्ण जितेको थियो ।




