नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पहिलो स्वर्ण जितेको छ ।
पुरूष एकल कातामा कराँतेका मण्डेकाजी श्रेष्ठले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै स्वर्ण जितेका हुन् ।
बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै फाइनलमा पुगेका मण्डेकाजीले २६.७२ अंक प्राप्त गरेका छन् भने पाकिस्तानी खेलाडीले २४.९२ अंक प्राप्त गरेका छन्।




