ताजा समाचार

मंसिर १६ गते २०७६

२१ वर्षीय पार्वतीको छाउगोठमा मृत्यु

अछामको साफेबगर नगरपालिका ३ डिक्रेनीमा एक महिलाको छाउपडी गोठमा ज्यान गएको छ । २१ वर्षीय पार्वती रावतको ज्यान गएको हो ।

महिनावरी भएको ४ दिन भएको उनको घरभन्दा करिब १०० मिटर टाढा रहेको गोठमा ज्यान गएको इलाका प्रहरी कार्यालय साफेबगरका प्रमुख नरपती भट्टले जानकारी दिएका छन्।

बिहान घरमा नआएपछि जेठाजु छत्र रावतले बोलाउँदा नबोले पछि गोठको ढोका फोडेर भित्र हेर्दा उनी मृत भेटिएकी हुन्।

१८ महिना पहिले उनले प्रेम विवाह गरेका पार्वतीकी श्रीमान करन रावत रोजगारीका लागि भारतमा छन्। मृतकको माइती घर मेल्लख गाउँपालिक ७ नन्देगडा हो ।

डिक्रेनीमा विवाहित महिलालाई ६ दिन र अविवाहितालाई ७ दिनसम्म गोठमा राख्ने चलन छ।