ताजा समाचार

मंसिर १५ गते २०७६

नोभेल एकेडेमीको वार्षिकोत्सव कार्यक्रम जारी

पोखराको न्यूरोडस्थित नोभेल एकेडेमीको १८औं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम जारी छ । मंसिर १० गतेदेखि शुरु भएको कार्यक्रम आज सोमबार सकिंदैछ ।

यस अवसरमा नोभेल इन्ट्रा सेमेष्टर हल्ट प्राइज कम्पिटिसन आयोजना भएको थियो । प्रतिस्पर्धामा ७ टिम सहभागी भएकोमा विविए प्रथम सेमेष्टरका मेधा खाती, योजना खड्का, निमिशा सुवेदी र ममता शर्मा प्रथम भए ।

Image may contain: 4 people, people sitting and beard

यसैगरी एकेडेमी परिसरमा वृक्षरोपण, सरसफाई, पोखराको मानवसेवा आश्रममा स्वास्थ्य शिविर, औषधि वितरण र १०१ जनालाई भाजना दान गरिएको प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले जानकारी दिए ।

Image may contain: 14 people, people smiling, people standing

वार्षिकोसवकै अवसरमा आयोजित फर्मा क्वी कन्टेष्टमा ६ टिम सहभागी थिए । जसमा पूजा श्रेष्ठ, चाजी केसी, सविता घिमिरे, सन्ध्या पौडेल प्रथम भए ।

यसैगरी आइतबार आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । पहिलो रक्तदाता एमबीए संयोजक डा. श्रीनिवाम माधवनलाई ब्लड व्याग हस्तान्तरण गर्दै स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले कार्यक्रम उद्घाटन गरेको अपरेशन म्यानेजर दिनेश भण्डारीले जानकारी दिए ।