बाग्लुङको बडिगाडमा पनि नेकपा विजयी

बाग्लुङको बडिगाड गाउँपालिका-२ को वडाअध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी नेकपाले विजय हासिल गरेको छ ।

नेकपाका ढालप्रसाद शेरचनले ७०४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका थिए।

वडाअध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टिका हरीलाल रानाले भने जम्मा ६ मत प्राप्त गरे भने १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।