हेमजामा परिधि परिचर्चा


हेमजा साहित्य प्रतिष्ठानको नियमित शुभप्रभात काव्यमाला र कथाकार रीता ताम्राकारको चौथो कथाकृति अनाम परिधिको परिचर्चा शुक्रबार भएको छ । कृतिको लक्ष्मी थापाले परिचर्चा गरिन् ।

१ सय ९९ आंै शृंखलामा प्राज्ञ सूर्य खड्काले रचना प्रस्तुत गर्दै साहित्यले मानव जीवनलाई पूर्णता दिने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठी, शोभाकर तिमिल्सिना, पत्रकार असफल गौतम, संस्थाका उपाध्यक्ष छन्दमणी त्रिपाठी लगायतले बोलेका थिए । काव्यमालामा आर्या त्रिपाठी, शिव त्रिपाठी, शास्त्र निदी, विष्णु बास्तोला, बालकृष्ण शर्मा, विष्णुप्रसाद पराजुली, गोविन्द पराजुली, पोषराज पौडेलले रचना प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव वसन्त बास्तोलाले गरेका थिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं