नेपाल दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलको सेमिफाइनलमा पुगेको छ ।
शुक्रबार दिउँसो भएको खेलमा भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछि नेपाल समुह उपविजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।
पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा भने भारतसँग हार व्यहोरेको थियो । ।
दुई खेल जितेको भारत ६ अंक सहित र्शीष स्थानमा रहेको छ । त्यस्तै एक खेलमात्रै जितेको नेपाल भने तीन अंकसहित दोस्रो स्थानमा छ । दुवै खेल गुमाएको बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ।




