ताजा समाचार

मंसिर १२ गते २०७६

नेपाल मेडिसिटीमा आर्टिफिसियल इन्टेलिजेन्स

नेपाल मेडिसिटी अस्पतालले इन्ट्राक्रेनियल हेमोरेज, अस्टियोपोरोसिस र हड्डी सम्बन्धी समस्या रोकथामकालागि विशेष एल्गोरिथम लागू गर्दैछ । अस्पतालले निकट भविष्यमा क्याल्सियम स्कोरिंगका साथ अपग्रेड गर्ने जनाएको छ । यसले हृदय रोग, एन्फाइसेमा र कलेजोमा असरसम्बन्धी समस्या पत्ता लगाउन सहयोग गर्नेछ ।

मेडिसिटीको रेडियोलोजी तथा इमेजिङ्ग केन्द्र वरिष्ठ रेडियोलोजिष्ट डा. रामकुमार घिमिरेको नेतृत्वमा छ । यस विभागमा आर्टिफिसियल इन्टेलिजेन्ससहितको थप सुरक्षित र गुणस्तीय एवं विशिष्ट सेवा प्रदान गर्न अस्पताल तयार भएको महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।

मेडिसिटी अस्पतालले संसारकै उत्कृष्ट इजरायली जेब्रा मेडिकल भिजनसँग साझेदारी गरेको छ । जुन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको रेडियोलोजीका लागि संसारकै उत्कृष्ट मानिन्छ ।
प्रत्येक वर्ष ३ देखि ४ लाख नेपाली स्वास्थ्य उपचारका लागि विदेश जाने गरेकाले नेपालबाट ठूलो धनराशि विदेशिने गरेको छ ।

सबै उपचार नेपालमै सम्भव गराउने लक्ष्य लिएर ललितपुरको भैंसेपाटीमा ७ सय ५० बेडको मेडिसिटी सञ्चालनमा छ । यो नेपालमा एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबिच प्राप्त अस्पताल हो ।