आज बिहिबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।
बुधबार प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोवार भएको सुनको भाउ आज २ सयले घटेर प्रतीतोला ७१ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घट्दै ८ सय ५० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।




