तेह्रौ साग:नेपाल र भारत प्रतिस्पर्धा गर्दै

१३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले स्वर्ण पदकको दाबेदारको रुपमा रहेको भारतको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा हुने समूहचरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो टोली भारतविरुद्व जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको थियो । यता भारत भने आफ्नो पहिलो खेल खेल्दैछ ।

नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । यसअघि नेपाल र भारत दुईपटक सागमा भिडेका छन्। दुवै खेलमा भारतले सहजै नेपाललाई हराएको थियो। दुई समुहमा विभाजन गरिएको टिमा सार्कका ६ राष्ट्रले सहभागि छन्।

समुह ‘ए’ नेपालसंगै भारत र बंगलादेश छन् भने समुह ‘बि’मा पाकिस्त माल्दिभ्स र श्रीलंका छन्। खेल साझ ५ बजेपछि शुरु हुनेछ ।