१३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता अन्तर्गत ट्रायथोलनको लागि फेवाताल माथि प्यान्थन प्रयोग गरिने छ । तालमाथि उत्रिने प्लाष्टिकका ब्लकको पुल(प्यान्थन) प्रयोग गरी प्रारम्भस्थल तयार पारिने छ ।
सधै तालको किनारबाट पौडिएर निश्चित दुरी तय गर्नुपर्ने अवस्था थियो । दौडिदाँ पानी धमिलो हुने हुदाँ जोखिम उत्तिकै हुने गरेको छ । त्यसलाई ध्यानमा राख्दै सागमा पहिलो पटक प्यान्थन प्रयोग गरेर स्टार्टिगंस्थल बनाईने छ । तालमाथि प्यान्थन प्रयोग गरी प्रारम्भस्थलबाट खेलाडीले पौडी शुरु गर्ने कास्की जिल्ला ट्रयाथोलन संघका अध्यक्ष सुमन देवकोटाले बताए ।
प्यान्थन बढीमा २५ मिटर लामो बनाईने छ । तालको केही पर राखेर पौडीको शुरुवात गराइने छ । ट्रायथोलनको लागि सहभागि खेलाडीले ७५० मिटर पौडिने छन् । त्यसपछि २० किलोमिटर साईक्लिंग र अन्त्यमा ५ किलोमिटर दौड पुरा गर्ने छन् । ट्रायथोलनपछि दुवाथोलन हुने छ । महिला तथा पुरुष दुवै इभेण्टमा प्रतिस्पर्धा हुने छ ।
kheladinews.com





