सागको लागि ४ सय ९१ प्राविधिक पोखरा आउने

मंसीर १५ गते देखि आयोजना हुने १३ औँ दक्षिण् एशियाली खेलकुद प्रतियोगिता ( साग ) को लागि ४ सय ९१ जना प्राविधिक तथा अफिसियल पोखरा आउने भएका छन् ।

पोखरामा हुने खेलहरुको लागि टेक्निकल प्रतिनिधी ८ जना, टुर्नामेन्ट डाइरेक्टर २४ जना, सहायक टुर्नामेन्ट डाइरेक्टर र जुरी कमिटिका ४४ जना, रेफ्रि तथा जज ८५ जना, राष्ट्रिय रेफ्रि १ सय ३६ जना, टेक्निकल सहायक १ सय ९४ जना गरी ४ सय ९१ जना खेल संचालनको लागि टेक्निकल टोली पोखरा आउने भएका हुन ।

पोखरामा हुने महिला क्रिकेटको लागि ६२ जनाको प्रविधिक अफिसियल, महिला फुटबलको लागि ५० जना, आर्चरीको लागि ५३, ब्याडमिन्टनको लागि ९४, ह्याण्बलको लागि ५९, विच भलिबलको लागि ६५, भारोत्तोलनको लागि ६८ र ट्राइयाथोलनको लागि ४० जनाको टेक्निकल अफिसियल आउँदैछन ।

पोखरामा हु्ने प्रतियोगिताको लागि अहिले पोखरा रंगशालालाई सजाउने काम समेत निकै अघि बढेको छ । रंगशालाको मुख्य प्रवेशद्घार देखि नै सजावटको काम अघि बढीरहेको बेला सजावटको कामलाई प्राथमिकतामा राखेर कामहरु अघि बढाएको राखेप सदस्य राजेश गुरु«ले बताए ।

पोखरामा मंसीर १६ गते हुने विदेशी खेलाडी तथा पाहुँनालाई भव्य स्वागतकाो कार्यक्रम समेत रहको छ । समारोह समिति अन्तरगत रहेको झाँकी व्यवस्थापन समितिले पंसीर १६ गते गण्डकी प्रदेशभित्र रहेका विभिन्न जात जातीहरुको जातीय पोशाक सहित झाँकी सहितको प्रदर्शन गरि भव्य रुपमा खेलाडी तथा पाहुँनालाई स्वागत गर्ने कार्यक्रम रहेको उक्त समितिका संयोजक निरज थापाले जानकारी दिएका छन् ।