विप्लवका २ कार्यकर्ता पक्राउ

सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको दुई कार्यकर्तालाई प्रहरीले पक्रउ गरेको छ।

विप्लव समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका रमेश विक र कार्यकर्ता सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए राति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिएका छन्।

इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहित प्रहरीको गस्ती टोलीले विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।