गाडीको ठक्करबाट डा जोशीको मृत्यु

बानेश्वरमा गाडीले ठक्कर दिंदा मर्निङ वाकमा निस्किएका एक जनाको ज्यान गएको छ ।

आइतबार बिहान मर्निङ वाकमा निस्केका बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत ७२ वर्षिय डा.प्रभु जोशीलाई संसद भवनको दक्षिण गेट अगाडि गाडीले ठक्कर दिएर भागेको थियो।

घटना पछि डाक्टर जोशीलाई सिभिल अस्पताल लगिएको थियो अस्पताल पु¥याए लगत्तै चिकित्सकले डा।.जोशीलाई मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त तीनकुनेका इन्सपेक्टर दीर्घ बोगटीले जानकारी दिएका छन् ।

डाक्टर जोशीलाई ठक्कर दिने गाडी र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।