मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बाँकेमा मोटरसाइकल दुर्घटना हुदा एक युवकको मृत्यु भएको छ ।

शनिबार कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे ८ प ९६७८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका कोहलपुरका २६ वर्षीय अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइतेभएका मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय निराजन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।