आगलागीमा परी बालकको मृत्यु

उदयपुरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका १६ जाल्पा रातापानी बस्ने चन्द्रबहादुर राईको घरमा कोही पनि नभएको अवस्थामा आगालागी हुँदा उनको ४ वर्षे छोरा बिष्णु बहादुर राईको मृत्यु भएको हो ।

बालकले लाईटर खेलाउने क्रममा आगोलागी हुँदा फूसको छाना, ढुङ्गा माटोले बनेको २ तले घर, घरमा रहेको अन्नपात, लत्ता कपडा, भाँडा वर्तन, २ ओटा सुँगुर गरी लगभग १८ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिएका छन् ।

सोही आगोबाट छिमेकी बमबहादुर राईको घरमा फूसको छाना, ढुङ्गा माटोले बनेको २ तले घर, गाई गोठ, घर भित्र रहेको अन्नपात, भाँडा वर्तन, लत्ता कपडा जली १४ लाखको क्षति भएको छ ।