सङ्खुवासभाको चिचिला गाउँपालिका– १ मा आज बिहान ट्याकटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्याकटर चालक मनोज तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्याकटर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताएका छन् ।






