कैलालीमा जिपकोे ठक्करबाट १को मृत्यु

कैलालीमा जिपकोे ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नंको महिन्द्रा जिपले गोदावरी नगरपालिका–२ तेघरीमा ठक्कर दिँदा सोही ठाँउ बस्ने ३४ वर्षीय देवराम टमटाको मृत्यु भएको हो ।

जिपकोे ठक्करबाट टाउको र शरीरमा गम्भीर चोट लागेका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेते जानकारी दिएका छन् ।