मौरीको टोकाइबाट बालकको मृत्यु ५ घाइते

सर्लाहीमा वनमौरीको टोकाइबाट एक बालकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

जिल्लाको सदरमुकाम मलंगवा–७ मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ।

मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि बुधबार राति मलंगवा जिल्ला अस्पतालबाट वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।