मोरङमा रुखबाट लडेर १ को मृत्यु


मोरङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रतुवामाई नगरपालिका–५ आनन्द चौकमा बुधबार दिउँसो ५५ वर्षीय बालवोध रायको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताएका छन् ।

हाँगा काट्नका लागि मसलाको रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको हो। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेली लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं