ताजा समाचार

मंसिर ३ गते २०७६

पोखराका उदासलाई यु-८ टेनिसमा स्वर्ण पदक

१२ औँ राष्ट्रव्यापी अन्तरविद्यालय जुनियर ओपन टेनिस प्रतियोगिताको उपाधी पोखराका स्पन्दन उदासले जितेका छन् । कार्तिक २४ देखि मंसिर १ गतेसम्म काठमाण्डौमा भएको प्रतियोगिताको अण्डर एट उमेर समूहमा फूलबारी मन्टेश्वरी कटेज, नदिपुरका स्पन्दन उदासले स्वर्ण पदक जितेका हुन् ।

लिटिलएन्जेल्स विद्यालय ललितपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा देशका विभिन्न विद्यालयबाट प्रतिस्पर्धामा आठवर्ष मुनीको उमेर समूहका ३४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उदासले स्वर्ण पदक जितेका हुन् । फाइनल खेलमा उदासले अण्डर एट नम्बर १ श्रेणी खेलाडी असभ हाडालाई १०–१, ८–१० र १०–६ को सेटमा पराजित गरेका थिए ।

स्पन्दनको खेलप्रतिको लगनशीलता, विद्यालयको गृहकार्य सँगसँगै प्रशिक्षक निरज थापा र गोविन्द अछामीको दैनिक प्रशिक्षणले यो उपलब्धी हासिल गरेका हुन् । प्रतियोगिताको चौध वर्ष मुनीको उमेर समुहको युगलमा गण्डकी बोर्डिङ स्कुलका नेहालजंग थापा र शास्वत बज्राचार्यको जोडीले कास्यपदक, बाह्र वर्ष मुनीको उमेरसमुह सिंगलमा गण्डकी बोर्डिङ स्कुलका दर्शिल श्रेष्ठले कास्य पदक जितेका थिए ।

प्रतियोगितामा गण्डकीबोर्डिङ स्कुलका गिर्वाणथापा, हृदय के.सी., आर्या तझ्या, शिशु निकेतनमा.वि. का सदिक भट्टराई र कुमुदिनीहोम्सका सम्यक शिल्पकार अनि फूलबारी मन्टेश्वरी कटेजका केविड मल्लले पनि प्रतिस्पर्धा गरेका थिए ।

kheladinews.com