ताजा समाचार

मंसिर ३ गते २०७६

महँगियो सुनःआज कति छ मूल्य ?

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार तोलामा ७१ हजार ६ सयमा कारोवार भएको छापावाल सुन आज ४ सयले बढेर प्रतितोला ७२ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, सोमबार प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोवार भएको तेजावी सुन आज ४ सयले बढेर ७१ हजार ७ सय रुपैंयामा कारोवार भइरहेको छ । चाँदी आज १० रुपैंयाले बढेर प्रतीतोला ८ सय ६० रुपैंयामा कारोवार भइरहेको छ ।