गोरु काटेर खाएको आरोपमा ४ पक्राउ


बागलुङमा गोरु काटेर खाएको आरोपमा सोमबार चार जना पक्राउ परेका छन् ।

जिल्लाको को काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा स्थानीयवासी यामबहादुर सार्की, रेशम सार्की, आइते किसान र रवि किसान पक्राउ परेका हुन्।

पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिएका छन्।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं