ताजा समाचार

मंसिर २ गते २०७६

ट्रक र बस ठोक्किँदा ११ को मृत्यु २० घाइते

भारतको राजस्थानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकिएको र दोषीलाई कारबाही हुने प्रहरीले जनाएको छ ।