
चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतिया प्रहार गरी हत्या भएको छ । ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।
पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
खुर्सिदाको घाँटी, टाउको, छाती र हातमा गहिरो काटिएको छ । खुर्सिदाको विभत्स तरिकाले हत्या गरिएको हो उपरीक्षक भट्टराईले भने।
घरमा कोही नभएको अवस्थामा कोरैसाले खुर्सिदाको हत्या गरेकी हुन् ।जेठी श्रीमतीको सन्तान नभएपछि श्रीमान् शेख बलालले तीन महिना पहिले मात्र खुर्सिदासँग बिहे गरेका थिए । तीन दिन पहिले मात्र बलाल विदेश गएको मौका छोपी जेठीले कान्छीको हत्या गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए
हत्यामा संलग्न कोरैसालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।