ताजा समाचार

कार्तिक २७ गते २०७६

युवा हो अब त केही सोच ।


सत्तरीवर्ष देखिको जन आन्दोलन र सत्तरी बर्षकै बर्गसङ्घर्ष खास गरि बिगतका झापा बिद्रोह र दशवर्से जनयुध्दले प्रात्त गरेको उच्चाइले सामन्तवादी राजतन्त्र ध्वष्त भएको छ । प्राचीन इतिहाँसको अध्यायन ग-यो भने गणतन्त्र दासयुग सामन्तवादीयुग र पुजीवादीयुग भन्दा पनि जेठो छ । गणतन्त्रलाई अपध्वष्त गरि यी ब्यबस्थाहरू आएका थिए । नेपालमा आएको गणतन्त्र पुरानै गणतन्त्र हो र अधिनायकत्व पनि पुरानै वर्गको छ । राजतन्त्रको अघि यो अबस्य प्रगतिशिल छ यसलाई जनगणतन्त्रमा बदलेर उत्पीडित जनताको अधिनायकत्व कायम नगरेसम्म आधारभूत रूपमा परिवर्तन सम्भव छैन ।

प्रजातन्त्रकै नामको बलमा नेपोलियन, हिट्लर, मुसोलियनहरूको जन्म भएको इतिहात्रस छ । हामीले के पाऊदछौ भने ज्ञान बिज्ञान कला सास्कृती दर्शन राजनीति हरेक छेत्रको बिकास सबै युगमा युवाहरूले गरेका छन् । मार्क्स एङ्गेल्सले मार्क्सवादी बैज्ञानिक समाजवाद युवा अवस्था मै पत्ता लगाएका थिए । यसको प्रयोग लेनिन र माओले पनि युवा अवस्थामै आ-आफ्नो तरिकाले गरेका थिए ।

कहीकतै बृध्द बृध्दाले नयाँ खोज अनुसन्धान गरेर समाज परिवर्तन गरेको ईतिहास छैन।
जसरी दर्शनको छेत्रमा भौतिकवाद र आध्यात्मवाद एक अर्कोका विरोधि छन् त्यस्तै राजनीतिक छेत्रमा पनि क्रान्तिकारी मार्क्सवादी धार र उदारवादी संसदीय धार एक आपसमा असम्बन्धित छन् ।द्वन्द्ववादको नियमअनुसार सबै बस्तु जगत परिवर्तनशिल हुन्छ । मानिस पनि एक बस्तु भएकाले यसका बिचार आदर्श पनि परिवर्तन हुन सक्दछन् । मार्क्सवाद लेनिनवाद र माओवादले बैज्ञानिक समनजवाद प्राप्त गर्ने माध्यममा बर्गसङ्घर्ष सशस्त्रक्रान्ति र बलप्रयोगको सिध्दान्तलाई मान्दछ ।
यही सिध्दान्त अनुसार रूसमा लेनिनले बैज्ञानिक समाजवनद स्थापना गरे । बिश्वभर बैज्ञानिक समाजवाद स्थापना गर्न चीन लगायत धेरै देशलाई रूसले सहयोग ग-यो । चीन स्वतन्त्र भए पछि भियतनाम कोरिया आदि देशलाई सहयोग पु-ययो ।

मार्क्सकै समयमा वन्स्र्टीहरूले समाजवादकालागि बर्गसङ्घर्ष सशस्त्रक्रान्ति बलप्रयोगको आवस्यकता छैन प्रतिकृयावादी सैन्य हिसावले धेरै बलियो छ। क्रान्तिको सट्टा शान्तिपूर्ण तरिकाले समाजवादमा पुग्न सकिन्छ भन्ने संशोधनवादी लाइन ल्यएका थिए ।यसलाई फ्रान्समा मिलेराँ रूसमा मार्तोभ दोस्त्रो अन्तर्राष्टकालमा काल काउत्सीहरूले अघि बढाए । रूसमा ख्रुस्चोभले वनस्टीको लाइन लागू गरे पछि अरूलाई सहयोग गर्नु त के आफ्नै अस्तित्व धान्न सकेन आफै बिगठन हुन पुग्यो । डेङ्स्यो पिङ्गले माओको बाटो छोडे पछि चीनपनि उत्पीडित बर्गलाई होइन उत्पीडकबर्गलाई सहयोग गर्ने भएकोछ ।

अहिले कम्युनिष्ट नामधारी पार्टीका जति नेताहरू छन् बिश्वमा समाजवादी आन्दोलन उत्कर्षमा भएको समयमा यसप्रति आकर्षित भएर लागेका कुलीन बर्गका मानिसहरू हुन् । बिसौ सताब्दीको उत्तरार्धकालमा पञ्चायती ब्यवस्था एक युग नसुहाउदो सामन्तवादी ब्यवस्था थियो ।देशभित्रका कुलीनहरूका युवाहरूले नै केही शिक्षा पाएका थिए । यिनीहरू नै यसजवादी क्रान्तिप्रति आकर्षित भए । यिनीहरूले न शारिरीक परिश्रम गरेका थिए न मजदुरी कस्तो हुन्छ भन्नेथाहा पाएका थिए । त्यस समयमा पार्टीहरू बलिया नभएकाले आफै पार्टीहरू खोलि एकै पटकमा केन्द्रीय नेता हुने मौका पनि पाए । आफै पार्टी खोलेर केन्द्रीय नेताहुनेहरूमा मोहनबिक्रम , मोहन बैध्य, चित्र बहादुर नारायणमान , के.पी ओली सी.पी. मैनालीहरू अहिले पनि पार्टीलाई विभिन्न टुक्रामा बिभाजन गरि आ-आफ्नो पार्टीको सर्वच्च पदमा आशिन नै छन् ।

प्रचण्ड पनि तल्ला कमिटीहरूमा काम गरेर आएका मानिस होइनन् ।शिक्षकबाट एकै पटकमा युवामोर्चाको नेतृत्वमा पुगेका थिए ।पार्टी बिगठन भै पुनर्गठन हुदा एकै पटकमा केन्द्रीय नेता हुन पुगेका थिए । प्रचण्ड ओलीहरूले युवा अबस्थामा गरेको आट र साहसलाई कम आक्नेहो भने यो अबस्तुवादी हुन्छ ।यदि मैनाली ओलीले झापा बिद्रोह र प्रचण्डले जनयुध्दको नेतृत्व गरेर बर्गसङ्घर्षलाई अघि न बढाएको भए अहिले पनि देश पञ्चायत मै हुने थियो । ।अझ प्रचणडले त संसदीय ब्यवस्थाकै बिरूध्द क्रान्तिको नेतृत्व गरेका थिए । क्रान्तिको रापतापले राजतन्त्रको अन्त भै देशमा गणतन्त्र आयो प्रचणडले दशौ हजार सहिद बेपत्ता लाखौ लाख उत्पीडित जनता प्रति बिश्वस घात गरे ।झापा बिद्रोहको बिरासदमा बनेको पार्टी नेकपा एमालेले पहिलानै बन्स्र्टी मार्तोभ कार्ल काउत्स्की ख्रुस्चोभहरूको लाइनमा आफुलाई दर्ज गराएको थियो । माओवादी जनयुध्द दवाउन सबै प्रतिक्रियावादीसंग एकाकार भएर लागेको पनि थियो उसैसंग पार्टी एकता गर्नपुगे । अझरोचक कुरा त के भने अझसम्म कुनै संशोवादीहरूले पनि काग्रेससंग तालमेल गरेर चुननाव लडेका थिएनन् प्रचण्डले यो कृ्र्तीमान पनि कायम गरे ।
हिजो आमूल परिवर्तनकालागि लडेका युवाहरू मध्ये कति सहिद भए, कति अङ्गभङ्ग भए लाखौ लाख बेवारिसे बन्न पुगे जनयुध्दद्वारा आमूल परिवर्तन ल्याई आफू र आफू जस्तै उत्पीडितहरूको मुक्ति हुनेमा ढुक्क थिए ।अहिले उनीहरूको सपनामा बिश्यसघात भएको छ । जनयुध्दका केही दलाल बाहेक सरकारमा भ्रस्ट तस्कर गुण्डा कमिशनखोर जग्गा दलाल ठग ठेगेदारहरूको बर्चश्व कायम भएको छ । नातावाद कृपावादमा नेपोलियनलाई जितेकाछन् । राष्टीयताको सवालमा लेण्डुप दोर्जेलाई फुच्चे पारिदिएका छन् , गुण्डा गर्दीमा पञ्चायतलाई माथ गरेका छन् प्रगतिशिल पक्षको दमन गर्ने कुरामा हिट्लर को नाजिवाद र मुसोलियनकको फाँसीवादलाई फिक्का तुलाई दिएका छन् ।

माओवादी जनयुध्दकालमा बौध्दिक मानिने एक हिस्सा पुरै दलाली करणमा परिवर्तन भएको छ । आलम जस्तो जनअपराधिलाई बचाउन देशभरका प्रगतिशिल हौ भन्ने वकिदहरू लाग्नुले अब जनताको पक्षमा क्रान्ति भन्दा अरू कुनै उपाए बाँकी रहेन । अब सामन्य युवाहरूले स्वतन्त्र रूपमा राजनीतिमा भागलिन पनि पाउने अवस्था रहेन । एक सामन्य युवा उमेदवारलाई हेलिकोप्टर चार्टर गरेर ल्याइ आत्म समर्पण गराउनु यो भन्दा ठूलो राजनीतिक अपराध के हुन्छ ? जनयुध्दका एक हस्ती मानिने बाबुरामले कालापानी लिपुलेक पञ्चायतले बेचेर खाएको हो भन्दै कुटनीतिक हिसाबले यो भारतकै हो भन्ने हिसावले बोल्नु र प्रचण्डले बाहिर बिध्यार्थीले जस्तो भाषण गर्दै हिड्नु तर सरकारी तवरले यसलाई अन्तर्राष्टीय करण गर्नहुन्न भन्नुले यो अलमल्यायर भारतको चाकडी गर्नुभन्दा अरू केही होइन । यो दलाल पुजीपतिको सरकार हो यसले नेपाली जनताो होइन बिदेशी साम्राज्यवादको भलोकालागि काम गरिरहेको कुरा अब त स्प्रस्ट भइसकेको छ । बााघको हातको सिकार पाइएला भनेर बस्नुको कुनैअर्थ छैन ।

क्रान्तिकालागि निर्माण गरिएको पार्टी, यस पार्टीमा संगठित भएर आत्मबलिदान गर्न प्रोत्साहित गर्ने सिध्दान्तले क्रान्ति सफल हुन्छ । त्यसैले क्रान्तिमा बिश्वास गर भन्नेनै लेनिनवाद हो ।पुरानो राज्यब्यवस्था भत्काएर नयाँ राज्य ब्यवस्था बनाउनुको अर्थ राज्यमाथि चडाई गर्नु जित्नु र
कम्युनिष्ट ब्यवस्था स्थापना गर्नु हो । यो ब्यवस्था कम्युनिष्ट ब्यवस्था नभएर दलाल पुजीवादीको ब्यवस्था हो । बैज्ञानिक समाजवादले मात्र राष्टीयता जनतन्त्र र जनजीबीकाका सवालहरू समाधान गर्न सक्दछ । बैज्ञानिक समाजवाद स्थापना गर्न माओवादी जनयुध्दको युवाशक्तिले नेपाल कम्युनिष्ट पार्टीलाई पुनर्गठित गरि अघि बढीरहेको छ । शक्ति सन्चय गर्दै आत्मबलिदानी भावले सङ्गठन निर्माण र जनसेवालाई संगसंगै लिएर गएमा उनीहरूले भन्ने गरेको एकीकृत जनक्रान्तिको माध्यमद्वारा बैज्ञानिक समाजवाद स्थापना गर्न त्यति कठिन देखिदैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिकल्प फेरि काग्रेस हुन सक्दैन । त्यसैलेगर्दा अब देशभक्त प्रजातान्त्रिक प्रगतिशिल युवाहरूले देशको वारेमा सोच्ने बेला भएन र? युवाहरू हो अब देशको वारेमा केही सोच ,एकीकृत जन क्रान्तिमा लामबध्द हुनलाई अग्रसर होउ ।