सगरमाथा घुम्न आएका विदेशी नागरिकको मृत्यु


सगरमाथाक्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ ।

कात्तिक १९ गते एडभेन्चर प्रालि काठमाडौंमार्फत खुम्बु भ्रमणमा आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाच सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेसनलपार्क होटलमा मंगलबार बिहान ६ः४५ बजे ती फ्रान्सेली नागरिक मृत फेला परेको बताए ।

इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेष्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल, महारजगञ्ज लगिएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं