टिपर दुर्घटना हुँदा २ को मृत्यु


पाँचथरको हिलिहाङ गाउँपालिका–४, सालिङ्गेमा गएराति टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो ।निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा २ क २९२० नंम्बरको टिपर सडकबाट करिब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।

दुवैको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं