ताजा समाचार

कार्तिक २७ गते २०७६

भरुवा बन्दुकको छर्रा लागेर १ को मृत्यु

सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको ज्यान गएको छ ।

उदयपुरको कटारी नगरपालिका–११, गोठडाँडाका शंकर राउतको गएराति सिकारीले चलाएको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, कटारीका प्रमुख डीएसपी प्रेमसागर केसीले जानकारी दिएका छन् ।

राउतको शव पोष्टमार्टमका लागि अहिले कटारी अस्पतालमा ल्याइएको छ । गोली कसले चलायो भन्नेबारे केही नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।