भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी

सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी भारतीय प्रख्यात गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन्।

छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसोदेखि उनलाई मुम्बईको ब्रीच केन्डी अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको छ।

भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ ९० वर्षीया गायिका लता मंगेशकर अहिले आईसीयूमा छिन् ।
भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित उनले कैयौं नेपाली गीतमा पनि स्वर दिएकी छिन्।