ताजा समाचार

कार्तिक २४ गते २०७६

बझाङमा भीरबाट लडेर महिलाको मृत्यु

बझाङमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।

मुत्यु हुनेमा बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामी रहेकी छिन् । खर काटने क्रममा उनी वीरेखोला, किलाहाल्ले भिरबाट लडेकी हुन् ।

शनिबार खर काट्न गएकी धामी साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा आईतबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।