ताजा समाचार

कार्तिक २४ गते २०७६

अस्ट्रेलियामा आगलागी, ३ को मृत्यु हजारौं विस्थापित

झाडीमा लागेको आगोले अस्ट्रेलियामा एक हप्तायता आतंक मच्चाएको छ। यस आगलागीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन्।

आइतबार न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका बाक्लो झाडीहरुमा सय स्थानमा भन्दा बढी आगो लागेको देखिएको बीबीसीले जनाएको छ।

आगलागी जारी रहेका दुई राज्यमा १३ सय अग्नी नियन्त्रक खटाइने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन्।

हालसम्म आगोका कारण १ सय ५० घर पूर्ण रुपमा ध्वस्त हुँदा हजारौं मानिसहरु विस्थापित भएको त्यहाँको अधिकारीहरुले बताएका छन् ।