ताजा समाचार

कार्तिक २३ गते २०७६

प्रस्याङ टोल विकास संस्थामा टेकराज

प्रस्याङ टोल विकास संस्थाको १४ औं साधारणसभा तथा ६ औं अधिवेशनले टेकराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । टोलको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्क्षमा क्रमश लेखनाथ पौडेल (विनोद), प्रेम शर्मा, सोनिला कार्की र राज गुरुङ छन् ।

सदस्यमा मोहन सुवेदी, तारा पोखरेल, गोमा सोती, धर्मराज भट्टराई, प्रेमकुमारी कँडेल र गंगामाया सुवेदी छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभासद राजीब पाहारी, महानगरपालिका प्रबक्ता धनबहादुर नेपाली, वडा सदस्यहरु उज्वल खत्री र हरिमाया विक लगायतले बोलेका थिए ।