नक्सासँग पद र कुर्ची, साट्न छोड अब !
कति जमिन हराइसक्यो, हिसाब जोड अब !!
पार्टिभन्दा माथि उठ, देशको झण्डा बोक !
सिमानामा तारबार लगाउ, दुस्मन परै रोक !
गाउँगाउँबाट सोझा जनता, उठिसके राँको बाल्दै !
त्यही ठाउँ हो लखेटेको, दुस्मनको शिर ढाल्दै !!
कुट्नैतिक कदम चाल, खुट्टा नकमाउ !
प्रलोभन आउन सक्छ, थैलो नसमाउ !!
भौतिक शरीर ठूलो हैन, कर्म हुन्छ ठूलो !
विस्तारबाद छिर्ने सबै, बन्द गर दुलो !!
सरकार भित्रै जेलियो कि, एजेन्टहरुको जालो !
मिचियो कि बेचियो, सङ्कै लाग्न थाल्यो !! #GoBackIndia
आँधिखोला निवासी युवा नेता हरि ढकालको फेसबुक वालबाट ।




