डडेल्धुरा पुगेर १७ औं सत्याग्रह सुरु गरेका चिकित्सक शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा जिल्ला अस्पताल लगिएको छ ।
डा.केसीको सत्याग्रहको पाँचौ दिन स्वास्थ्यमा समस्या उत्पन्न भएको हो । उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षको बेड नम्बर चारमा राखेर उपचार भइरहेको बताइएको छ ।
उनले कात्तिक १८ गतेदेखि डडेल्धुरास्थित निर्मला भट्टको निजी घरमा सात बुँदे मागसहित १७ औं सत्याग्रह सुरु गरेका थिए ।





