ताजा समाचार

कार्तिक २२ गते २०७६

कालिका-जनसेवी लघुवित्त संस्था गाभिने

कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्था एकापसमा गाभिने भएका छन् ।

कालिकाको प्रथम त्रैमासिक समिक्षा गोष्ठी, वीमा सम्बन्धी तालिम तथा शाखा प्रमुखको भेलामा यस्तो जानकारी गराइएको हो । कार्यक्रममा संस्थाका ७१ वटा शाखाका शाखा प्रमुख सहभागी थिए ।

उक्त अवसरमा जनसेवी लघुवित्तका अध्यक्ष विकास गौचनले कालिकासंग मर्ज भएपश्चात संस्थालाई नेपालमै उत्कृष्ट र नमुनाको लघुवित्तको रुपमा स्थापित गर्ने बताए ।

कालिकाका अध्यक्ष कृष्ण खाँणले दुबै संस्थाका लागि यो एउटा सुवर्ण अवसर आएको बताए । उनले सबैको जीत हुने तरिकाले मर्ज हुने र लघुवित्त संस्था मर्जमा सुनौलो इतिहास बनाउन सबैलाई आग्रह गरे ।

साथै उनले कर्मचारीहरुलाई उच्च मनोवलको साथमा कार्य गर्न प्रोत्साहन दिंदै अध्यक्ष खाँणले कर्मचारीहरु संस्थाका पिल्लर भएको र मिहिनेत गर्ने कर्मचारीहरु कोहि अन्यायमा नपर्ने पनि बताए ।

कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराको अध्यक्षतामा भएको थियो ।
उक्त अवसरमा प्रभु लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सले शाखा प्रमुखलाई वीमा सम्बन्धि तालिम दिएको थियो ।

संस्थाका योजना तथा अनुगमन विभाग एवं कर्जा तथा जोखिम विभाग प्रमुख राजेश श्रेष्ठले कार्यक्रम सञ्चालन र सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी, विभागीय प्रमुखहरू अनुप श्रेष्ठ र यामप्रसाद अर्याल लगायतले सहजीकरण गरेका थिए ।