ताजा समाचार

कार्तिक २२ गते २०७६

बैतडीका वडा सदस्य मृत फेला

बैतडीको पुर्चौडी नगरपालिका– ३ का वडा सदस्य गणेश पार्की मृत फेला परेका छन् ।

पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिएका छन् ।

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडा ४५ वर्षीय सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।