ताजा समाचार

कार्तिक २२ गते २०७६

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-५ स्थित पञ्चरत्न चोकमा स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

भरतपुरबाट मंगलपुरतर्फ जाँदै गरेको ना३६ प ९३२४ नंको स्कुटरले ती व्यक्तिलाई ठक्कर दिएको थियो। स्कुटरको ठक्करबाट घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।उनको सनाखत हुन सकेको छैन।

स्कुटर चालक गैंडाकोट नगरपालिका-१० भेडावारी का २३ वर्षीय जनक कँडेल पनि घाइते भएका छन् । अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रासस