ताजा समाचार

कार्तिक २२ गते २०७६

मलेसियामा बेहोस भएर १ नेपालीको मृत्यु

दुई वर्षअगाडि रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरीको तिरुहुत गाउँपालिका–३,का ३२ वर्षीय प्रमोद भिनवार यादवको मृत्यु भएको छ ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेका छन् ।