ताजा समाचार

कार्तिक २२ गते २०७६

आजको राशिफल (२०७६ कार्तिक २२ गते शुक्रबार)

आजको पञ्चांग
आज मिति २०७६ कार्तिक २२ गते शुक्रबार, इस्वीसंवत नभेम्वर ८ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको ठूलो एकादशी तिथि दिनमा १२ बजेर १८ मिनेटम्म रहनेछ । आज पूर्वभाद्रपदा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा व्यातिपात, करणमा भद्रा रहनेछ भने आनन्दादि योगमा बब रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा आज मीन राशिमा रहनेछ । आज दिनमान २७ घटि १४ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर २० मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १४ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज पनि समय ठीक छैन । जे काम गर्न खोज्यो बाधामात्रै पर्न सक्नेछ । काम गर्ने वातावरण पनि राम्रो नमिल्ने, जता गयो काममा ढिलासुस्ती तपाईंको मन पनि अस्थिर भइरहने छ । आटेका, शुरु गरेका काम थोरै पूरा हुने, धेरै अधूरा रहने छन् । ठूलो लगानी नगर्नु नै वेस हुनेछ । आज जे काम गर्दा पनि विशेष सतर्क हुनुपर्ने देखिन्छ ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ रहनेछ, आम्दानीका नया“ स्रोत थपिने देखिन्छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । धार्मिक कार्यक्रमा दिन बित्नेछ।पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ, त्यसैले नयाँ व्यवसायमा लगानी आजै गर्नुहोला ।

मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

कर्कट : आज कर्कट राशिका लागि आज पनि समय खराब छ । आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधी उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईलाई समय राम्रो छैन । आज सकेसम्म पश्चिम दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । सरकारी कार्यालयबाट लिने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज पश्चिम दिशाको यात्रामा गएर कुनै पनि काम बन्ने छैन ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रै छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जागर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज मागे पाइन्छ । तपाईंले आटेका सबै काममा राम्रो सफलता पाइने ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ ।

तुला : तुला राशि भएकाहरूकार। लागि आज स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यबारे ढुक्क हुनुहोस् । ठूलो खराबी केही हुनेवाला छैन । तर खान पाइयो भनेर खीर धेरै नखानुहोला । गीत, संगीत, साहित्यलगायत सांस्कृतिक कार्यक्रममा जाने निम्ता पनि पाइनेछ । नया“ पुराना धेरै मित्रहरु भेट्न पनि पाइने छ । निष्कर्षमा तपाईंलाई आज सबै प्रकारले राम्रो हुन सक्ने देखिन्छ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज आफन्त पर्ने व्यक्ति नै बाधा पुर्याउने देखिन्छ । मनमा ढुक्कपन नहुने, जे काम गर्न खोज्यो विना पैसा काम नबन्ने देखिन्छ । पेट वा शरीरको कुनै भागमा चोट लाग्ने बलियो सम्भावना छ । गाडी चलाउदा विशेष ख्याल गर्नु होला । कडा परिश्रम नगरी नहुने भए पनि समयमा खाना खान नपाइने वा गड्बडीको सम्भावना बलियो छ ।

धनु : धनु राशिका लागि आज पनि समय अत्यन्तै खराब छ । साना–साना कुरामा पनि शड्ढा र चिन्ता गर्ने देखिन्छ । जहा“ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य मध्यम राम्रो रहनेछ । सन्तुलित भोजन र शारीरिक व्यायाम राम्रो भएमा स्वास्थ्य ठीकठाक रहनेछ । नौलो ठाउँ, नौला व्यक्तिसँगको भेटघाटले मनमा प्रशन्नताको अनुभव हुनेछ । आवश्यक पर्ने पैसाको जोहो, मेलोमेसो जुट्नेछ । आज टाढाको यात्रा पनि सजिलै हुने देखिन्छ । मीष्ठान्न भोजन समेत मिल्ने देखिन्छ ।

कुम्भ : कुम्भ राशिका लागि आज स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

मीन : मीन राशि भएकाहरूका लागि आज पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनु हुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ । समयको राम्रो उपयोग गर्न सक्नु भएमा प्रगति छिटो गर्न सकिनेछ । समय शुभ रहे तापनि घरमा चोरी हुनबाट जोगाउनु होला ।

साइत : आज चन्द्रमा मीन राशिमा रहेकाले उत्तर बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज शुक्रबार पश्चिम दिशाको यात्रा गर्नु शुभ मानिंदैन ।

आजको शुभ लाभादि बेला
बिहान ६ः२० बजेदेखि ७ः५० बजेसम्म चर बेला
बिहान ७ः५०बजेदेखि ९ः२० बजेसम्म लाभ बेला
बिहान ९ः२० बजेदेखि १०ः५० बजेसम्म अमृत बेला
दिउँसो १०ः५० बजेदेखि १२ः२० बजेसम्म काल बेला
दिउँसो १२ः२० बजेदेखि १ः५० बजेसम्म शुभ बेला
दिउँसो १ः४९ बजेदेखि ३ः२० बजेसम्म रोग बेला
दिउँसो ३ः२० बजेदेखि ४ः५० बजेसम्म उद्धेग बेला
दिउँसो ४ः५० बजेदेखि ६ः२० बजेसम्म चर बेला

यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)