ताजा समाचार

कार्तिक २१ गते २०७६

पोखरामा मुहम्मदको जन्मोत्सव मनाइने

पोखराका इस्लाम धर्मावलम्बीले हजरत मुहम्मदको जन्मोत्सव एवं १२ रब्बिउल औवल पर्व मनाउने भएका छन् । १२ रब्बिउल औवल मूल आयोजक समितिको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गरिने भएको छ ।

३ दिन कार्यक्रम गर्न हाजी अब्दुल रहिम मियाँको संयोजकत्वमा समिति गठन गरिएको छ । शुक्रबार विशाल शान्ति ¥याली निकालिने समितिका सदस्य सराफल अली मियाँले जानकारी दिए । मियाँपाटनबाट सुरु हुने ¥याली अमरसिंहचोक, हस्पिटलचोक हुँदै रानीपौवा पुगेर शितलादेवी, गौडामुख हुँदै फेरि मियाँपाटन नै आइपुग्नेछ ।

शनिबार र आइतबार धार्मिक प्रवचन, सभा लगायतका कार्यक्रम हुने छन् । कास्कीमा ५ हजारभन्दा बढी मुस्लिम समुदायको बसोबास छ

मुहम्मदको जन्म साउदी अरेबियाको मक्का सहरमा सन् ५७१ मा भएको थियो । त्यो समय अरब जगतमा मानव बेचबिखन र बिधवालाई ढुंगाले हिर्काएर मार्ने कुप्रथा रहेको सराफल अली मियाँ बनाउँछन् । मुहम्मदले यो दुष्कर्म निराकरण गरे । उनका वाणी संग्रह भएको पुस्तकलाई हदिष शरीफ भनिन्छ । उनको सन् ६३२ मा निधन भयो ।