ताजा समाचार

कार्तिक २१ गते २०७६

शनिबार युआरएल प्रांगणमा निशुल्क शिविर

विश्व मधुमेह दिवसको अवसरमा गण्डकी प्रदेशकै उत्कृष्ट ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राबिधिक सहयोग र क्लस्टर १६, रिजन ३२ र ३३ र जोन ६९, ७०, ७१ र ७२ का १५ लायन्स क्लब र लायन्स पोखरा पिस टाउनको संयुक्त आयोजनामा स्वास्थ्य शिविर हुने भएको छ ।

शनिबार हुने शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोको निशुल्क रक्त परीक्षण गरिनेछ । शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा नवराज पौडेलले विभिन्न रोगबारे प्रकाश पार्ने छन् । साथै उक्त अवसरमा सबै प्रकारका रक्त परिक्षणमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।

युआरएल प्रांगण, सभागृहचोकमा बिहान ७ देखि दिउँसो १ बजेसम्म हुने शिविरमा अरु सबै प्रकारका जाँच पनि ५० प्रतिशत छुट दिइनेछ । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सामाजि उत्तरदायित्व वहन गर्दै स्थापना कालदेखि नै ल्याबले निशुल्क शिविरहरु गर्दै आएको बताए ।