ताजा समाचार

कार्तिक २१ गते २०७६

छोरी कुटेको भन्दै ज्वाइँलाइ खुकुरी प्रहार

दाङमा सासुको खुकुरी प्रहारबाट ज्वाइँ गम्भीर घाइते भएका छन् ।

शान्तिनगर गाउँपालिका ३ का ३१ वर्षीय गणेश चन्दलाई ससुराली गएको समयमा छोरीलाई कुटेको भन्दै बुधबार बेलुका सासूले खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले बताए।

प्रहरीका अनुसार घाइते चन्द र उनकी पत्नी २२ वर्षीया सरस्वती मल्लका बीचमा बुधबार बेलुका सामान्य विवादपछि कुटाकुट हुँदा त्यही समयमा चन्दमाथि सासूले टाउकोमा खुकुरी प्रहार गरेकी थिइन् ।

घाइते चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि राति नै थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको प्रवक्ता शाहले बताए।

खुकुरी प्रहार गरेको अभियोगमा सासू मल्ललाई प्रहरीले पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।