ताजा समाचार

कार्तिक २१ गते २०७६

नेपाल र म्यानमार मैत्रीपूर्ण फुटबल खेल्दै

सन् २०२२ को कतार विश्वकप फुटबल छनोट खेलिरहेको नेपालले तयारीस्वरूप आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल मन्डला थिरी स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेलअघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई नेपालले कुवेतसँगको तयारीका रूपमा लिएको छ । कुवेतसँगको खेल नेपालको पहिलो घरेलु खेलसमेत हो ।

यसअघि नेपालले सन् २००८ मा भएको एएफसी च्यालेन्ज कपमा म्यानमार सँग ३–० को पराजय बेहोरेको थियो ।