निजी अस्पतालहरूको छाता संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) को गण्डकी प्रदेश अध्यक्षमा शिक्षासेवी तथा स्वास्थ्यसेवी अशोक पालिखे चयन भएका छन् ।
मंगलबार पोखरामा सम्पन्न निजी अस्पतालका सदस्यहरुको एक भेलाले पालिखेलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा डा गिरधारी शर्मा, सचिव ऋषि खतिवडा, कोषाध्यक्ष डा. पुजन शर्मा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा गौतम पौडेल, विश्व घिमिरे, कपिल पोख्रेल र तुलबहादुर राना रहेका छन् । यसैगरी सल्लाहकारहरुमा डा पदमबहादुर खड्का, डा. प्रेम पुन र डा. ऋषिराम ढकाल रहेका छन ।
गण्डकी प्रदेशमा स्थापित अस्पतालहरुको सेवा सुविधा र त्यसको गुणस्तरीयतमा बृद्धि गर्न, प्रगतिको मूल्याङ्कन गर्ने, साथै आइपर्ने समस्याहरुलाई समाधान गर्न सबै निजी अस्पतालहरु एकजुट हुनुपर्ने उदेश्यका साथ समिति गठन भएको समितिका अध्यक्ष अशोक पालिखेले बताए ।
पोखरा लगायत गण्डकी प्रदेशका हस्पिटलको प्रगतिका साथै आम सेवाग्राहीहरुलाई थप गुणस्तरीय स्वास्थ्य सेवा दिन निजी अस्पतालहरु प्रतिबद्ध हुनुपर्ने भेलामा सहभागी अस्पतालका सदस्यहरु धारणा राखेका थिए ।




