ताजा समाचार

कार्तिक २० गते २०७६

एमसीसीको ६ विकेट गमाएर ३११ रन, बाँकी खेल भोलि

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्धको तीन दिवसीय क्रिकेटको पहिलो दिनको खेलमा ३११ रन बनाएको छ । ८७ ओभरको खेल सकिँदा एमसीसीले पहिलो दिनको खेलमा ३११ रन पूरा गरेको हो । 

नेपाल भ्रमणमा रहेको एमसीसीले ८७ ओभर चलिरहँदा खराब प्रकारका कारण पहिलो दिनको खेल निर्धारित ओभर नसकिँदै खेल ९ ओभर पहिले सकिएको हो । एमसीसीले छ विकेट गुमाइ सकेको छ । 

एमसीसीका लागि विल रोर्डसले अर्धशतक पूरा गर्दै आउट भएका थिए । टस हारेर पहिले ब्याटिङ गरिरहेको एमसीसीलेका लागि उनले ७३ रन पूरा गरेका थिए । उनलाई सोमपालले व्यक्तिगत दोस्रो विकेटको रुपमा बोल्ड आउट गराए । 

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एमसीसीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका माइल्स हामोन्डले पनि अर्धशतक पूरा गरेर आउट भएका थिए ।

५२ रन बनाएका उनलाई शरद भेषवाकरले बोल्ड आउट गरेका हुन् । एमसीसीले ३० ओभरको खेल सकिँदा १०० रन पूरा गरेको थियो ।  

एमसीसीका लागि टोम विस्टली ३९ रन बनाएर आउट भए । उनलाई शरद भेषवाकरले एलबीडब्लु आउट गराएका हुन ।

नेपालका सन्दीप लामिछानेले सन्दीपले ६१ ओभरको चौथो बलमा एडी योङलाई १७ रनमा आउट गराएका हुन् । विल भानडरसपार ५३ नेपालका सन्दीप लामिछानेले ५३ रनमा क्याच आउट गराएका थिए । 

सन्दीपले ७१ ओभरको अन्तिम बलमा विल भेन्डास्परलाई ५३ रनमा एलबीडब्लु आउट गराएका हुन् । यसिर आरताफले ३५ रनको योगदान गरे । त्यस्तै आलेक्स थोपसनले २२ रन बनाए । 

एमसीसीका लागि बिल्ली गोडलमनले १० रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । उनलाई सोमपाल कामीले ८ ओभर १ बलमा क्याच आउट गराएका थिए । सोमपालको बलमा ललितराजबंशीले क्याच गरेका थिए । 

गोल्डमन १० रन बनाएर आउट भएका थिए । अब एमसीसीले अल आउट नहुदा सम्म खेल्न आउने छ । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे ।