ताजा समाचार

कार्तिक १८ गते २०७६

सेन्ट मेरिजका विद्यार्थीको अमेरिका भ्रमण

सेन्टमेरिज मावि पोखरा १५ नयाँगाउँका विद्यार्थीहरु अमेरिकाको शैक्षिक भ्रमण गरी फर्किएका छन् । कक्षा ८ देखि १० सम्मका ४५ जना विद्यार्थी र ५ शिक्षक भ्रमणमा सहभागी थिए ।

विद्यालय व्यवस्थापक आशा सिजको नेतृत्वमा गएको टोली नासाको प्रयोगशाला र बोस्टन, न्युयोर्क, न्युजर्सी लगायतका सहर र हावर्ड विश्वविद्यालय र एमआटी विश्वविद्यालय अवलोकन गरेका थिए । दसैतिहार बिदामा करिब २ हप्ता टोलीले अमेरिका भ्रमण गरेको हो ।