ताजा समाचार

कार्तिक १८ गते २०७६

श्रीमतीलाई तेलमा डुबाएर श्रीमान फरार

सिन्धुलीको दुधौली नगरपालिका–४ स्थित एकटियाकामा माछा तारिरहेको तातो तेलमा श्रीमती डुबाइ श्रीमान फरार भएका छन्।

शनिबार बेलुका घरायासी विवादका कारण रितु मुसहरले श्रीमती आशा सदा मुसहरलाई माछा तार्न उमालिरहेको तेलमा अनुहार डुबाई दिएका हुन् ।

घटनामा गम्भीर घाइते भएकी आशाको घटनालगत्तै स्थानीय स्वास्थ्य संस्थामा आशाको उपचार गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि सदरमुकामको अस्पताल पुर्याइएकामा त्यहाँबाट आशालाई काठमाडौं रिफर गरिएको छ ।

आशाको अनुहार, घाँटी तथा शरीरमा फोका उठेका छन् भने दुवै आँखा हेर्न नमिल्ने भएका छन् । फरार रहेका रितुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।