ताजा समाचार

कार्तिक १७ गते २०७६

सातै प्रदेशका प्रमुख हटाइए

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । तत्कालीन शेरबहादुर देउवा सरकारले २०७४ माघ ३ गते उनीहरुलाई नियुक्त गरेको थियो।

त्यस बखत नियुक्त भएका प्रदेश २ र प्रदेश ५ प्रमुखबाहेक सबै नेपाली कांग्रेस निकट थिए । नेकपाको करिब २ तिहाइको सरकार बनेपछि कुनै न कुनै बेला प्रदेश प्रमुखहरु हटाइने आकलन गरिएको थियो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो।

सरकारको सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।