सुनकोशीमा बस दुर्घटना ४ को मृत्यु

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ४ जनाको मृत्यु भएको छ।

शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो।

बस सडकबाट करिब सय मिटर तल खसेको छ । बसमा कति जना यात्रु सवार थिए र कति घाइते छन् भन्ने खुलेको छैन । घटनास्थलमा प्रहरी ,सशस्त्र प्रहरी परिचालन गरि उद्धार कार्य भईरहेको सशस्त्रका एसपी राजु पाण्डेले जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी छ ।